नियम ९८
बोलपत्र सम्बन्धी दस्तुर
(१) बोलपत्र सम्बन्धी कागजात खरिद गर्न चाहने इच्छुक
व्यक्ति, फर्म, संस्था वा कम्पनीले अधिकार प्राप्त अधिकारी वा निजले तोकेको
कर्मचारीको दस्तखत र कार्यालयको छाप लागेको बोलपत्र सम्बन्धी कागजात सो
निकाय वा सो निकायले तोकेको दुई वा दुई भन्दा बढी अन्य निकायबाट देहाय
बमोजिमको दस्तुर तिरी लिनु पर्नेछ ः–
(क) दश लाख भन्दा माथि साठी लाख रुपैया“सम्मको लागि –एकहजार रुपैया“
(ख) साठी लाख भन्दा माथि छ करोड रुपैया“सम्मको लागि –तीनहजार रुपैया“
(ग) छ करोड भन्दा माथि दश करोड
रुपैया“सम्मको लागि –पा“चहजार रुपैया“
(घ) दश करोड रुपैया“ भन्दा माथि पच्चीस करोड
रुपैया“सम्मको लागि – छहजार रुपैया“
(ङ) पच्चीस करोड रुपैया“ भन्दा माथि जतिसुकै
रकमको लागि – दशहजार रुपैया“
(२) कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले उपनियम (१) बमोजिमको दस्तुर र
लाग्ने हुलाक वा कुरीयर महसुल तिरी बोलपत्रसम्बन्धी कागजात वा प्रस्ताव आव्हान
सम्बन्धी कागजात पठाइ दिन लिखित अनुरोध गरेमा सम्बन्धित स्थानीय निकायले
त्यस्तो व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई हुलाक वा कुरियर मार्फत बोलपत्र सम्बन्धी
कागजात पठाई दिनु पर्नेछ ।
तर त्यसरी पठाउ“दा त्यस्तो व्यक्ति, फर्म, कम्पनी वा संस्थाले बोलपत्रसम्बन्धी
कागजात समयमा नैै प्राप्त गर्न नसकेमा सोका लागि सार्वजनिक निकाय जवाफदेही
हुनेछैन ।